२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पोर्चुगलमा न्यूनतम पारिश्रमिक बढ्यो ,कामदारहरुमा छायो खुशी

पोर्चुगलमा न्यूनतम पारिश्रमिक बढ्यो ,कामदारहरुमा छायो खुशी

पोर्चुगलमा कामदारको न्यूनतम पारिश्रमिक बढेको छ। नयाँ वर्ष सन् २०२२ सँगै राष्ट्रिय न्यूनतम पारिश्रमिक (एसएमएन) बढेको हो।

जनवरी १ तारिखदेखि हरेक कामदारको न्युनतम पारिश्रमिक छ सय ६५ बाट बढेर सात सय पाँच युरो कायम भएको हो।

Portugal’s minority Socialist government on Thursday approved a 40-euro ($45) increase in the monthly minimum wage to 705 euros for 2022, Labour Minister Ana Mendes Godinho said, the biggest rise ever as the country heads towards an election on January 30.

अघिल्लो वर्षभन्दा छ प्रतिशत अर्थात ४० युरो न्युनतम् पारिश्रमिक बढाउने निर्णय पोर्चुगल सरकारले गरेको थियो। सोही निर्णयमा टेक्दै सरकारले न्युनतम पारिश्रमिकमा बृद्धि गरेको हो।

राष्ट्रिय न्यूनतम पारिश्रमिक सन् १९७४ मा तीन हजार तीन सय एस्कुडो (१६.५ यूरो) को मूल्यको साथ शुरू गरिएको थियो। यो मूल्य सन् २०२२ सम्ममा सात सय पाँच यूरोमा पुग्दा ३१ दशमलब छ र सन् २०११ भन्दा दुई दशमलब एक प्रतिशतले बढेको हो ।

न्युनतम पारिश्रमिक बढेपछि आठ लाख ८० हजार कामदार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। ४० युरोको यो बृद्धि अहिलेसम्मको सबैभन्दा ठूलो बृद्धि हो। सन् २०२३ सम्ममा न्युनतम पारिश्रमिक सात सय ५० पु¥याउने लक्ष्य सरकारको छ।

पछिल्लो छ वर्षमा पोर्चुगलमा रोजगारी र अर्थतन्त्र निरन्तर बढेसँगै न्युनतम् पारिश्रमिक पनि ४० प्रतिशतले बढेको छ।

न्युनतम् पारिश्रमिक बढेपछि संक्षिप्त प्रतिक्रिया दिदैं प्रधानमन्त्री एन्तोनिया दि कोस्टाले सरकारको प्राथमिकता सामाजिक न्याय भएकोले तलबको सामान्य सुधार गरेको बताए। उनले कामदारको सामाजिक संरक्षण र श्रम अधिकारको विशेष व्यवस्था कोसेढुङ्गा भएको बताएका छन्।

उनले स्वरोजगारी कामदारहरूको लागि कानुनी ढाँचा परिभाषित गर्ने विधान जनवरी १ मा लागू भएपनि सुधारका प्रावधानहरू वर्षभरी नै हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु