२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ पोर्चुगलमा फेरि अर्को एक नेपालीले ज्यान गुमाए

पोर्चुगलमा फेरि अर्को एक नेपालीले ज्यान गुमाए

पोर्चुगलमा पुनः दुःखद् घटना घटेको छ।पोर्चुगलको सेतोरीयोस भन्ने ठाउँ नजिक एक जना युवाको निधन भएको छ।

नेपालको झापा जिल्ला घर भएका ती युवाले पाँच तल्ला माथीबाट हाम फाल्दा उनको ज्यान गएको हो।उनको मृत्युको खबरले फेरि नेपाली समुदाय स्तब्ध बनेको छ।

घटनास्थलमा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का ,वरिष्ठ उपाध्यक्ष दिपा काफ्ले,उपाध्यक्ष शिवसागर बुढाथोकी लगायतको टीम पुगेर घटनाबारे जानकारी लिएको थियो।

मृतको शवलाई पोष्टमार्टमाका लागि अस्पताल लगिएको छ।मृतक युवाको सन्दर्भमा सम्पूर्ण विवरण बुझेर शव व्यबस्थापन लगायतका कार्यमा एनआरएनए पोर्चुगलले सहयोगी भूमिका खेल्ने उपाध्यक्ष शिवसागर बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु