२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ पोर्चुगलमा फेरी अर्को एक नेपालीको निधन

पोर्चुगलमा फेरी अर्को एक नेपालीको निधन

पोर्चुगल हप्ता दिन नवित्दै अर्को एक नेपालीको निधन भएको छ।

विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो।


सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको जानकारी दिइएको छ।


कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेका थिए। तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।


मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए। शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु