गृहपृष्ठ पोर्चुगलमा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम हुने
पोर्चुगलमा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम हुने

पोर्चुगलको राजधानी लिस्बनमा २५६६ औँ बुद्ध जयन्तीको अवसरमा बृहत शोभा यात्राको आयोजना हुने भएको छ।
लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदूत कार्यालयको प्रमुख आयोजनामा हुने शोभा यात्रामा पोर्चुगलमा रहेका सबै नेपाली संघ-संस्थाका प्रतिनिधि र नेपाली समुदायलाई उपस्थितिका लागि महाबाणिज्यदूत मकर हमालले एक सूचना प्रकाशित गर्दै आह्वान गरेका छन्।
यसैबीच एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रबिन अधिकारीले पनि शोभा यात्रा उपस्थित भइ बुद्ध जयन्ती भव्य रूपमा मनाउन पोर्चुगलको नेपाली समुदायमा आग्रह गरेका छन्।