Covid-19
City Express

पोर्चुगलमा भ्रमण बर्ष २०२० को शुभआरम्भ

जनवरी २, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा नेपाल नेपाल सरकारले संचालनमा ल्याएको भ्रमण बर्ष-२०२० एक विशेष कार्यक्रम बीच शुभआरम्भ भएको छ ।
राजधानी लिस्बनको ब्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण बर्षको प्ले कार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिंदै भ्रमण बर्ष २०२० को प्रचारप्रसार गरिएको हो ।
नेपाली कलाकारहरुले नेपाली मौलिक बाजा मादल, मुरली, बाँसुरी बजाउँदै राष्ट्रिय गीतहरु गाउँदा कयौं विदेशीहरुले चाख मारेर कार्यक्रम हेर्दै नेपालको बारेमा जानकारी लिएका थिए ।


भ्रमण बर्ष प्रारम्भ सभामा नेपाली पर्यटन दूत रमेशकुमार गुरुङले नेपाल भ्रमण बर्षको महत्त्व र उदेश्यबारेमा बताउँदै नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको थियो भने कार्यक्रम संवत् स्फुर्त रुपमा नेपाली सुमुदायको बाक्लो उपस्थिति रहेको । कार्यक्रमको संयोजन कर्ता राजकुमार थापाले बताउनु भएको थियो ।

कार्यक्रम अवसर्मा जनवरी १ तारिख अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस समेत परेको आआफ्नो शीरमा टोपी सजाएर भेला भएका महिला, पुरुष र बालबालिकाको सहभागिताले भ्रमण बर्षको प्रारम्भलाई अझ विशेष बनाएको थियो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु