गृहपृष्ठ पोर्चुगलमा रहेका २ वोटा एनआरएनए भयो एउटा,भयो ऐतीहासिक सहमति
पोर्चुगलमा रहेका २ वोटा एनआरएनए भयो एउटा,भयो ऐतीहासिक सहमति

चक्र गुरुङ ,लिस्वन पोर्चुगल:गैरआवासीय नेपाली संघ, पोर्चुगल र अघिल्लो अधिवेशनबाट असन्तुष्ट भई बनेको अर्को समितिबीच एकताका लागि सहमति भएको छ। जुन २८ मा लिस्बनमा बसेको दुबै समितिको संयुक्त बैठकले उक्त सहमति गरेका हुन्।
सहमति पत्रमा संघका तर्फबाट रबीन अधिकारी, उमेशकुमार खड्का र राजकुमार थापाले हस्ताक्षर गरेका छन् भने अर्को समूहको तर्फबाट सोमफुरी शेर्पा, बिनु बस्नेत र सुमन शर्मा चौंलागाईंले हस्ताक्षर गरेका छन्।
१० बुँदा रहेको सहमति पत्रमा नाम र लोगो समायोजन गर्ने, एक अर्काविरुद्ध भए, गरेका कानुनी अवरोध समेत हटाउने उल्लेख गरेको छ।
दुबै पक्षको सहमति अनुसार आगामी जुलाई ३० मा हुने राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनलाई संयुक्त रुपमा आयोजना गर्नेछ भने निर्वाचन समितिको संयोजक प्रेम खड्कालाई बनाउने निर्णय गरेको छ।
जुन ३० सम्म दुबै समितिले वितरण गर्ने सदस्यतालाई कायम राखी जुलाई ७ सम्म एम.आई.एस. प्रणालीभित्र ल्याइने पनि सहमति भएको छ।
त्यसैगरी सांगठनिक र आर्थिक प्रतिवेदन पनि दुबै समितिका महासचिव र कोषाध्यक्षहरुले संयुक्त निर्माण गरी प्रस्तुत गर्ने पनि सहमति भएको छ।