२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ पोर्चुगललाई आपतकालीन राज्यको घोषणा ,अहिलेसम्म २ जनाको मृत्युु

पोर्चुगललाई आपतकालीन राज्यको घोषणा ,अहिलेसम्म २ जनाको मृत्युु

पोर्चुगल सरकारले विभिन्न रणनीति अख्तियार गरेतापनि अपेक्षाअनुरुप कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउन सकेको छैन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरस संक्रमण हुनेको संख्या ६४२ पुगेको छ भने २ जनाको निधन भैसकेको छ। मृत्यु हुनेमा एक जना ८० बर्षिय वृद्ध रहेका छन् भने अर्का बैंकका अध्यक्ष रहेको बुजिएको छ।

ज्यान जानेमा सान्तान्देर तोत्ता बैंकका अध्यक्ष आन्तोनिउ भियरा रहेको पोर्चुगिस संचार माध्यमले जनाएका छन् । हिजो रातिबाटै युरोप युनियन भित्र बाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरुमा अल्पकालीन प्रतिबन्ध गरिएको छ।

पोर्चुगल सरकारका प्रधानमन्त्री एन्टोनियो कोस्टाले रास्ट्रपतिद्वारा देशलाई आपतकालीन राज्य घोषणा गरेको र उक्त निर्णयलाई सरकारले समर्थन गरेको पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

Prime Minister, António Costa, has announced that the Government supports the decision of the President of the Republic, Marcelo Rebelo de Sousa, to enact a state of emergency in the country.

The communication was made by the Prime Minister after an urgent meeting of the Council of Ministers, which took place at the Ajuda Palace, in Lisbon.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु