गृहपृष्ठ पोर्चुगल अपडेट:उकालो लाग्ने क्रम रोकिएन,कोरोना संक्रमित संख्या २३ हजार ३ सय ९२ पुग्यो
पोर्चुगल अपडेट:उकालो लाग्ने क्रम रोकिएन,कोरोना संक्रमित संख्या २३ हजार ३ सय ९२ पुग्यो

पोर्चुगल सरकारको घनिभुत प्रयासका बाबजुद पनि अपेक्षाकृत कोरोना भाइरस नियन्त्रणमा आउन सकेको छैन।
विशेषज्ञ एवम् जानकारहरुका अनुसार कोरोना भाइरसको धङधङी अझै केही समय रहने उल्लेख छ भने गरिब रास्ट्रहरु कोरोना भाइरसका कारण थप मारमा पर्ने देखिन्छ।
स्वास्थ महानिर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाले ज्यान गुमाएका छन् भने थप ५९५ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म कोरोना भाइरसले ८८० जनाको ज्यान लिएको छ भने २३ हजार ३ सय ९२ मानिस कोरोना भाइरसबाट ग्रसित रहेको महानिर्देशनालयको रिपोर्टमा उल्लेख छ।