गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना भाइरस संक्रमित संख्या २१ हजार ३ सय ७९ पुग्यो
पोर्चुगल अपडेट:कोरोना भाइरस संक्रमित संख्या २१ हजार ३ सय ७९ पुग्यो

पोर्चुगलमा कोरोना संक्रमित संख्या घट्नै कुनै संकेत अहिलेसम्म देखिएको छैन।
स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप ५१६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २७ जनाले ज्यान गुमाएका छन्।
यसरी नयाँ संक्रमित संख्या थपिएसँगै कोरोना संक्रमित संख्या २१ हजार ३ सय ७९ पुगेको छ भने हालसम्म ७६२ जनाको मृत्यु भैसकेको निर्देशनालयको रिपोर्टमा उल्लेख छ।हालसम्म ९१७ जना निको भएर घर फर्किएको जनाइएको छ।