गृहपृष्ठ पोर्चुगल अपडेट:कोरोना संक्रमितको संख्या १६ हजार ९३४ पुग्यो
पोर्चुगल अपडेट:कोरोना संक्रमितको संख्या १६ हजार ९३४ पुग्यो

स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार हिजोको तुलनामा कोरोना भाइरसबाट संक्रमित हुने संख्यामा केही मात्रामा कमी देखिएतापनि अर्कोतर्फ मृत्युदर भने उस्तै देखिएको छ।
पछिल्लो २४ घण्टाको मापन अनुसार थप ३४९ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३१ जनाले ज्यान गुमाएका छन्।यसरी संक्रमित संख्या १६ हजार ९३४ पुगेको छ भने ५३५ जना मानिसहरूको मृत्यु भैसकेको महानिर्देशनालयले जनाएको छ।