गृहपृष्ठ पोर्चुगल अपडेट:झन्डै १६ हजारको हाराहारीमा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि
पोर्चुगल अपडेट:झन्डै १६ हजारको हाराहारीमा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

पछिल्ला दिनहरुमा युरोपियन सदस्य रास्ट्र पोर्चुगल पनि कोरोना भाइरसबाट थलिदै गएको तथ्यांकले देखाएको छ।
स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३५ जनाले ज्यान गुमाएका छन् भने थप ५१५ जनामा उक्त रोग संक्रमण भएको पुष्टि भएको छ।
यसरी मृत्यु हुनेको संख्या ४७० पुगेको छ भने संक्रमितको संख्या १५ हजार ९८७ पुगेको महानिर्देशनालयले जनाएको छ।हालसम्म २६६ जना मात्रै निको भएर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांकमा उल्लेख छ।