गृहपृष्ठ पोर्चुगल अपडेट:तुलनात्मक रुपमा आशा लाग्दो अबस्था, कोरोना संक्रमित १२ सय १ जना निको भएर घर फर्किए
पोर्चुगल अपडेट:तुलनात्मक रुपमा आशा लाग्दो अबस्था, कोरोना संक्रमित १२ सय १ जना निको भएर घर फर्किए

हालसम्मको तथ्यांक केलाउदा अब पोर्चुगलमा आशाको किरण शुरु भएको होकि भन्ने अनुमान लगाउन सक्ने देखिन्छ।केही दिन रिकभर संख्या शून्य जस्तै देखिएको यहाँ अहिले भने निको हुने संख्या पनि केही दिनदेखि वृद्धि भएको छ।
स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो रिपोर्टमा अहिलेसम्म १२०१ जना निको भएर घर गएको उल्लेख छ भने थप ३७१ जना नयाँ संक्रमित थपिएका छन् ।
२४ घण्टाको मापनअनुसार थप ३५जनाले ज्यान गुमाएका छन् ।थप नयाँ संक्रमित सँगै संख्या २२हजार ३ सय ५३ पुगेको महानिर्देशनालयले जनाएको छ।