गृहपृष्ठ पोर्चुगल अपडेट:थप ६ सय ३ संक्रमित हुँदा ११ सय ४३ जना निको भएर घर फर्किए
पोर्चुगल अपडेट:थप ६ सय ३ संक्रमित हुँदा ११ सय ४३ जना निको भएर घर फर्किए

हालसम्मको तथ्यांक केलाउदा अब पोर्चुगलमा आशाको किरण शुरु भएको होकि भन्ने अनुमान लगाउन सक्ने देखिन्छ।केही दिन रिकभर संख्या शून्य जस्तै देखिएको यहाँ अहिले भने निको हुने संख्या पनि हिजो देखि वृद्धि भएको छ।
स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो रिपोर्टमा गएको २४ घण्टामा मात्रै २२६ जना निको भएर घर गएको उल्लेख छ भने थप ६०३ जना नयाँ संक्रमित थपिएका छन्।
२४ घण्टाको मापनअनुसार थप २३ जनाले ज्यान गुमाएका छन् ।थप नयाँ संक्रमित सँगै संख्या झन्डै २० हजारको हाराहारीमा २१ हजार ९ सय ८२ पुगेको छ।