गृहपृष्ठ पोर्चुगल अपडेट:मृत्यु हुनेको संख्या ३४५ पुग्यो
पोर्चुगल अपडेट:मृत्यु हुनेको संख्या ३४५ पुग्यो

पोर्चुगलमा एक दिनको तथ्यांक आउँदा केही आशाका किरण श्रीजना भएपनि अर्को दिनको विवरण श्राबजनिक हुदा पुनः निराश हुने अबस्था श्रीजना भएको छ।
स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप ३४ जनाको मृत्यु भएको छ भने ७१२ जना संक्रमित भएको पुष्टि भएको छ।
यसरी अब कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ भने उता संक्रमितको संख्या १२ हजार ४४२ पुगेको निर्देशनालयले जनाएको छ।