२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ पोर्चुगल कोरोना अपडेट:संक्रमण दर उच्च ,जोखिम उत्तिकै

पोर्चुगल कोरोना अपडेट:संक्रमण दर उच्च ,जोखिम उत्तिकै

यतिखेर समग्र युरोपनै कोरोना संक्रमणबाट उच्च जोखिममा गुज्रिरहेको छ।विगत केही दिन यता संक्रमणको अनुपात हेर्ने हो भने बढ्नेक्रममै छ।

पछिल्लो साता विश्व स्वास्थ्य संगठ्न डब्लु एचओले पनि एक चेतावनी जारी गर्दै ओमिक्रोनको संक्रमणले युरोपको स्वास्थ्य प्रणालीनै अस्तव्यस्त हुने बताएको छ।

पोर्चुगल मा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढिरहेको छ।स्वास्थ्य महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार आजमात्रै ३८ हजार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणबाट ३३ जनाको ज्यान गएको महानिर्देशनालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु