गृहपृष्ठ पोर्चुगल लगातार उकालो चढ्दै, पछिल्लो २४ घण्टामा थप १०३५ मा कोरोना संक्रमण देखियो
पोर्चुगल लगातार उकालो चढ्दै, पछिल्लो २४ घण्टामा थप १०३५ मा कोरोना संक्रमण देखियो
पोर्चुगलमा कोरोना संक्रमणका कारण स्थिति कस्तो हुने हो भन्ने सन्दर्भमा आँकलन गर्न निकै कठिन छ।संक्रमितको संख्या लगातार बढ्नु र निको हुने संख्या निकै न्यून हुनुले यहाँका जनतामा निराशाको भारी बढेको देखिन्छ।
अब सरकारको यहीँ अबस्था वा विद्यमान तौरतरिकाकै शैलिले तत्काल नियन्त्रणमा आँउछ भन्न अलि हतारो हुने देखिन्छ।स्वास्थ महानिर्देशनालयले एक पत्रकार सम्मेलन मार्फत जारी गरेको पछिल्लो तथ्यांकमा थप १०३५ जनामा कोरोना संक्रमण देखिएको छ भने थप २० जनाले ज्यान गुमाएका छन्।
यसरी कोरोना संक्रमितको संख्या मात्रै ७४४३ पुगेको छ भने उता १६० जनाको मृत्यु भैसकेको छ।नियन्त्रणका सन्दर्भमा केही नयाँ कदम चाल्नुपर्ने देखिन्छ।