२०७७ पुस २५ गते शनिवार | January 09, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्चुगल विशेष:फेसबुक वालमा आमालाई सम्झदै एक नेपाली युवाले गरे आत्महत्या

पोर्चुगल विशेष:फेसबुक वालमा आमालाई सम्झदै एक नेपाली युवाले गरे आत्महत्या

पोर्चुगलमा अन्दाजी ३० बर्षिय नेपाली युवाले घरको चार तला माथि बाट हाम फालेर आत्महत्या गरेका छन्।

नेपालमा बझाङ जिल्ला घर भएका सुरत कुँवर नाम गरेका उनी नेपाल जाने तयारी रहेको जनाइएको छ। उनी नेपाल जानका लागि चारदिन देखि लिस्बनको आरोइस स्थित एक होस्टलमा बस्दै आएको जानकारी प्राप्त भएको छ।

हिजो दिउसो ४:३० बजेतिर होस्टल रहेको घरको चार तला माथिबाट बाटो/प्यासेजमा हाम फाल्दा उनको घटनास्थलमा नै मृत्युु भएको थियो।

आत्माहत्या गर्नु केही समय अघि उनले आमाका सन्दर्भमा लेखिएको एक मार्मिक भनाइलाई आफ्नो फेसबुक वालमा सेयर गरेका थिए। हेर्नुहोस वालमा सेयर गरेको भनाइ:

नयाँ बर्ष २०२१ लागेको एक साता भित्र पोर्चुगलमा ३ जना नेपालीको मृत्युु भएको छ। १ बर्षिय बच्चाको क्यान्सरले, ४२ बर्षिय महिलाको ग्यास पड्किएर दुर्घटना सहित कोरोनाले र आज २२ बर्षिय युवाको आत्महत्याद्वारा दु:खद निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु