२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पोर्तुगलका नेपाली युवा राष्ट्रियताको पक्षमा जुर्मुराए (भिडियो सहित)

पोर्तुगलका नेपाली युवा राष्ट्रियताको पक्षमा जुर्मुराए (भिडियो सहित)

कालापानी क्षेत्रमा नेपाली सीमा र भू-भाग अतिक्रमण गरेको बिरोधमा युरोपेलीमुलुक पोर्तुगलमा जुझारु नेपाली युवाहरुले नेपालको राष्ट्रिय झण्डा फराउदै भारतीय अतिक्रमणको कडा रूपमा विरोध जनाएका छन् ।

एनआरएनए पोर्तुगलका कार्यसमिति सदस्य तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्तुगलका महासचिव दीपक खत्रीको अगुवाईमा राजधानी लिस्बनको बेलाभिस्ता पार्कमा कोरोना भाइरसको सन्दर्भ पोर्तुगल सरकारले तोकेको मापदण्ड लाई अप्नाउदै भेला भएका युवाहरुले भारतीय हैकम र मिचाह प्रवृत्तिको चर्को विरोध गर्दै नेपाली राष्ट्रियताको पक्षमा नारावाजी गरेका थिए ।

प्रदर्शनपछिको छोटो कोणसभामा दीपक खत्री, अमृत रिजाल लगायतका युवाहरुले देशका खातिर आफुहरु स्वदेश फर्किएर रगत बगाउन समेत तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु