Covid-19
City Express

पोर्तुगलका लिम्बूहरुले भोलि डिसेम्बर २९ मा उधौली पर्व मनाउने

लिस्बन, पोर्तुगल । पोर्तुगलमा रहेका लिम्बूहरुले आफ्नो महान चाड येेेले तङ्बे ५०७९ उधौली पर्व (चासोक तङ्नाम) शुभकामना आदानप्रदान गरी मनाउने भएका छन् । किराँत याक्थुम चुम्लुङ पोर्तुगलले डिसेम्बर २९ तारिख आइतबारका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

याक्थुम चुम्लुङकी अध्यक्ष दीपा लिम्बुले पोर्तुगलमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेकी छन् । कार्यक्रम दिउँसो ठिक ४:०० बजेबाट आन्जुस स्थित केनाइ नजिकैको रेस्टुरेन्ट एभरेष्ट नेपालमा हुने जानकारी दिइएको छ ।

उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने गर्छन् भने राजधानी काठमाडौ तथा विदेशमा समेत मनाइने गरिन्छ ।

यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु