२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पोर्तुगलको कोरोना समितिको ग्रुप मध्यरातमा “सोल्टीको कमेडी क्लब”मा परिणत भएपछि…

पोर्तुगलको कोरोना समितिको ग्रुप मध्यरातमा “सोल्टीको कमेडी क्लब”मा परिणत भएपछि…

लिस्बन, पोर्तुगल । पोर्तुगलमा कोरोना भाइरसको महामारीबाट उत्पन्न संकट र समस्या न्यूनीकरणकालागि गठित समितिको फेसबुक ग्रुप गएको मध्य रातिदेखि “सोल्टीको कमेडी क्लब” मा परिणत भएपछि कोरोना राहत तथा जनचेतना समिति र उक्त ग्रुपको असामयिक अवसान र औचित्यहिन हुन पुगेको छ । उक्त ग्रुपमा सय जना भन्दा बढी पोर्तुगलका सामाजिक व्यक्तित्व र अगुवाहरु समावेश थिए ।

समिति गठन ताका नै पोर्तुगलमा क्रियाशील एनआरएनए लगायत आधिकारिक सामाजिक संस्थाहरुको भुमिका र कामलाई अवमूल्यन र बाइपास गर्न खोज्दै महामारीका बेला पनि देशमा क्याविनेट गठन गरे जस्तो अनावश्यक अनेकौं उपसमितिको फण्डा र बेतुकको काम गरेपछि यो समिति माथि प्रश्न चिन्ह उठ्दै आएको थियो, अन्तत: औचित्यहिन भएर कमेडी क्लबमा परिणत भयो । कमेडी क्लबमा परिणत भएपछि ग्रुप निक्कै रमाइलो चुड्किला र कमेडीले मनोरञ्जनमय बनेको ग्रुपमा रातिसम्म सक्रिय एकजना सदस्यले बताए । ग्रुप औचित्यहिन देखेपछि मान्छेहरुले बेकारमा समय बर्वाद भयो, कमेडी त युबट्युब तिर हेरिन्छ भन्दै भकाभक ग्रुप छोड्ने क्रम जारी छ । यद्यपि विहान दस बजेतिर कसैले ग्रुपको नाम पुरानै बनाएको देखिएको छ ।

सहयोग पुर्याउनु पर्ने बेला समेत पद विना बाच्नै नसक्ने, मान चाहिने जस्तो गरेर कमेडीको अर्को रुप कोरोना क्याबिनेट नामक सचिवालय समेत गठन गरिएको थियो जुन न आवश्यक थियो, न कुनै औचित्य नै । केही दिन अघि र हिजो चार चार घण्टा बसेको सो कोरोना बैठकमा झगडा, तत, मम को भनाभन, आफू फलनो समितिको संयोजक आफ्नो मान नपुगेको, अपमान भएको भन्ने बाहेक त्यहाँ समस्या परेका पीडितलाई मद्दत गर्ने केही कुरा नभएपछि यो औचित्यहिन थियो भन्ने प्रमाणित भएको हो ।

सहयोग गर्न भनेर बनेको समितिमा यति सम्म लाजमर्दो र निर्लज्ज अवस्था भयो कि केही व्यक्तिले राजीनामाको धम्की र घुर्की दिने, समस्यामा परेका नेपालीलाई गत शुक्रबार बाडेको खाद्यान्न राहत बङ्गाली, भुटानी, इन्डियनले पाए जस्तो गरेर राहत पाउने नेपालीहरुको हुर्मत लिने, राहत स्वरुप बाडिएको कुरा व्यक्तिबाट असुल उपर गर्नु पर्छ भन्ने बेफ्वाकको कुतर्क गरियो । जबकी राहत कोषमा १० हजार युरो भन्दा बढी सहयोग रकम उठिसकेको छ । राहत पाउन लगत संकलनमा पनि लोकसेवामा जस्तै तीन पुस्ते बुझाएर अन्तरबार्ता पास गर्नु पर्ने भन्ने जस्तो हाँस्यास्पद तर्क गरिएको थियो ।

संकलित नामावलीमा रातो पासपोर्ट लिएर बेलायत, बेल्जियम, नर्वे, डेनमार्क पुगेका मान्छेहरु मात्र समावेश थिएनन् कोही त तीन महिना देखि नेपाल रहेका मानिसहरु पनि थिए । जसले गर्दा पोर्तुगलमा वास्तविक समस्यामा परेका मानिसहरुले राहत नपाउने भएपछि विबादको भुमरीमामा फस्दै कोरोना समितिको ग्रुप सोल्टीको कमेडी क्लबमा परिणत भयो र औचित्यहिन हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु