२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ पोर्तुगलमा अस्ताए चितवनका गुरुङ

पोर्तुगलमा अस्ताए चितवनका गुरुङ

नेपालको चितवन चण्डीभञ्ज्याङ् घर भएका २९ वर्षिय सुर्य गुरुङकाे अप्रिल ०८ गते बिहिबार आफ्नै निवासमा निधन भएको छ। माल्टा हुदै पाेर्तुगल छिरेका गुरुङ करिब ९ महिना देखि पोर्चुगल बस्दै आएका थिए ।कामकाे सिलसिलामा गुरूङ पोर्चुगल को अलन्तेजो पुगेका थिए।

हृदयाघात भएर निधन हुन सक्ने अनुमान अस्पतालले गरेकाे छ भने मधुमेहको मात्रा पनि उच्च देखिएको जनाईएको छ।

नेपालमा रहेका परिवारसँगको समन्वय मा मृतकको पार्थिव शरिरलाई सोमबार नेपाल पठाउने तयारी गरीएको गैरअावासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद पाेर्तुगलका अध्यक्ष तिलक गैरेले बताउनु भयो।

सब पठाउन खर्चिलो हुने भएकोले सबै नेपाली समुदाय वा सरोकारवाला तथा सम्पूर्ण संघ संस्थाहरुलाई सहयोग को लागी आग्रह समेत गरिएको एनआरएनए पोर्चुगल का महासचिव हेमराज सुवेदीले बताउनु भयो।

यो अभियान मा साथ दिनको निम्ति तमु समाज पोर्चुगल, चितवन समाज पोर्चुगल र गैरआवासीय युकेका उपाध्यक्ष सुनील बाबु खड्का को नेतृत्व मा तमु धिं युके बाट पनि आर्थिक संकलन भईरहेको महासचिव सुवेदीले बताउनु भयो। निधन भएका गुरुङकाे श्रीमति र छाेरी नेपालमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु