२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ पोर्तुगलमा एक नेपालीको असामयिक निधन

पोर्तुगलमा एक नेपालीको असामयिक निधन

पाेर्तुगलमा एक नेपालीकाे असामयिक निधन भएकाे छ। विगत ४ बर्षदेखी पाेर्तुगलकाे फाराे वस्दै आएकि अन्दाजी ४० बर्षिय देवी गुरुङ्गकाे मृत्यु भएकाे हाे।

स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका वडा नं ९, तल्लाे वालिङ्ग स्थायी घर भएकी गुरुङ्ग विगत ४ महिना देखि कलेजाे सम्बन्धि राेगबाट ग्रसित भई फाराे अस्पतालमा उपचारात थिईन।

श्रीमानसंगै १९ र ४ बर्षका दुई छाेराकाे साथमा रहँदै आएकी गुरुङ्ग ४ बर्ष अघि पाेर्तुगल आएकाे उनका श्रीमान् केशबहादुर गुरुङ्गले बताएकाे स्याङ्जा समाज पाेर्तुगलका अध्यक्ष अर्जुन अर्यालले जानकारी दिए।

गुरुङ्गकाे शवलाई परिवारकाे आग्रहमा नेपाल पठाउन समन्वय गरिरहेकाे जानकारी पनि अर्यालले दिए। उनका अनुसार गुरुङ्गकी आमाकाे आग्रहमा शवलाई नेपाल पठाउने तयारी गर्न लागिएकाे छ।

अर्यालका अनुसार गत फेब्रुवरी महिना देखि यता मात्र स्याङ्जा घर भई पाेर्तुगल वस्दै आएका तीन जना नेपालीकाे दुखद निधन भइसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु