२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पोर्तुगलमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एकमहिना पुग्ने राहत वितरण सुरु, पहिलो दिन ५८ जनाले पाए (अपडेट)

पोर्तुगलमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एकमहिना पुग्ने राहत वितरण सुरु, पहिलो दिन ५८ जनाले पाए (अपडेट)

लिस्बन, पोर्तुगल, २४ अप्रिल । कोरोना भाइरसको प्रकोपबाट पोर्तुगलको नेपाली समुदायमा उत्पन्न समस्यालाई समाधान गर्ने हेतुले लिस्बनकालागि अवैतनिक नेपाली बाणिज्यदूत कार्यालयको संयोजकत्व र एनआरएए पोर्चुगलको अगुवाईमा बनेको सर्वपक्षीय कोरोना राहत तथा जनचेतना समितिको राहत वितरण उपसमितिले आज देखि लिस्बनमा राहत वितरण शुरु गरेको छ ।

एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष एवं राहत वितरण उपसमितिका सदस्य भिमसेन थापाको नेतृत्वमा लिस्बनको आन्जुसबाट राहत बाढ्ने काम सुरु भएको हो ।

नयाँ आउनु भएका, बेरोजगार रहनु भएका र विभिन्न कारणहरुबाट धेरै नै गाह्रो सार्हो भोगिरहनु भएका साथीहरूलाई आजदेखि खाद्यान्न राहत सामाग्रीहरु वितरण सुरु गरिएको वरिष्ठ उपाध्यक्ष थापाले बताए ।आज पहिलो दिन ५८ जनाले राहत प्राप्त गरेको वितरणमा सक्रिय सदस्य डोलराज भण्डारीले जानकारी दिए । आजको राहत वितरणमा अशोक गुरुङ, डोलराज भण्डारी, सीता श्रेष्ठ, शम्भु सिल्वाल लगायतको सक्रियता रहेको थियोे ।

राहतमा एकजनालाई अन्दाजी एक महिनालाई पुग्ने गरि १३ केजी चामल, ३ केजी दाल, ३ लिटर खाने तेल, १ केजी नुन, १ पकेट मसला, ३ पकेट स्पागेटी र एक थान साबुन रहेको छ ।

पहिलो चरणमा अत्यावश्यक भएका ७५ जनाको नाम राहत वितरणकालागि तय गरिएको लगत संकलन उपसमितिका सदस्य प्रदीप अधिकारीले जनचेतना ग्रुपमा जानकारी दिएका छन् ।

राहत प्राप्त गर्न चाहने महानुभावहरुलाइ लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने कुरालाई समेत मध्यनजर गर्दै भिडभाड नहोस भन्ने हेतुले फर्म भरिसक्नुभएका साथीहरूलाई एनआरएनएका पदाधिकारी वा राहत तथा जनचेतना समितिका साथीहरूले फोन गरि राहत लिन बोलाउने र राहत वितरण गरिने एनआरएनए पोर्तुगल अध्यक्ष तथा राहत वितरण उपसमितिका संयोजक तिलक गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु