Covid-19
City Express

पोर्तुगलमा कोरोना विरुद्ध सचेतनता अभिवृद्धि उपसमितिको पूर्ण बैठक सम्पन्न, विभिन्न योजनाहरु सार्वजनिक

लिस्बन, पोर्तुगल, १६ अप्रिल । कोरोना महामारीको प्रकोप विरुद्ध पोर्तुगलको नेपाली समुदायमा सचेतनता फैलाउन गठित कोरोना विरुद्ध सचेतनता उपसमितिको भर्चुअल पूर्ण बैठक संयोजक हेम गुरुङको अध्यक्षतामा आज अप्रिल १६ तारिख सम्पन्न भएको छ । बैठकमा समितिका ११ जना सबैको सहभागिता रहेको थियो । बैठकको सुरुवात मै पोर्तुगलमा कोरोना भाइरसबाट संक्रमित सम्पूर्ण नेपालीहरुको शीघ्र स्वास्थलाभको कामना गरिएको थियो ।

समिति:
१) संयोजक : हेम गुरुङ
२) राजकुमार थापा ३) प्रकाश ढकाल ४) मनोज भट्टराई ५) देव श्रेष्ठ ६) सुनीता भट्टराई ७) मिलन रेग्मी ८) विशाल गुरुङ ९) श्याम परियार १०) लक्षिन घले ११) शोभा गिरी ।

हेर्नुहोस् बैठक निर्णयहरु जस्ताको तस्तै :

१) सचेतनताकालागि जनस्वास्थ्यबिज्ञ डा. र नर्सहरुसंग एक दुई दिन भित्रै लाइभ अन्तरक्रिया गरि पोर्तुगल र युरोपभरिको नेपाली समुदायमा सचेतनता फैलाउने निर्णय गरेको छ । यसको संयोजन गर्न राजकुमार थापा, मनोज भट्टराई र सुनीता भट्टराईलाई तोकिएको छ ।

२) यसैगरी सचेतनताकोलागि मिडिया र सामाजिक संजालबाट व्यापक रूपमा अभियान चलाउन फेसबुक पेजहरु पनि प्रयोग गरिने छ । रोगसंग लड्न उच्च मनोबल बढाउन र हौसला दिन सकारात्मक समाचारहरु प्रवाह गरिने छ । पोर्तुगल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका सचेतनता सम्बन्धी जानकारीहरुलाइ नेपाली भाषामा व्यापक बनाइने छ ।यसकोलागि विशेष गरि हेम गुरुङ, राजकुमार थापा, मनोज भट्टराई, प्रकाश ढकाल र मिलन रेग्मीले ध्यान दिनु हुनेछ ।

३) सूचना र सन्चारको पहुँच अलि कम भएका लिस्बनबाहिरको इलाका र क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइ सचेतनता फैलाइने छ ।

४) यो महामारीको बेला सचेतनताकालागि नेपाली समुदायलाई तीन भागमा वर्गीकरण गरिएको छ र उहाँहरुलाइ सोही मुताविक होसियारी अप्नाउन सूचना र जानकारी प्रवाह गरिने छ ।

क) घरमा नै बसिरहनु भएका तर बेला मौकामा पसलहरुमा सामान किन्न जाने नेपाली ।

ख) अहिलेपनि निरन्तर काम गरिरहनु भएका नेपाली ।

ग) हाल पनि ग्रोसरी, टेकवे जस्ता ब्यवसाय गरिरहनु भएका नेपाली ।

५) विशेषगरी गर्भवती महिला , बालबालिका, वृद्धबृद्धा, सुत्केरी, दीर्घरोगी र शारीरिकरूपमा अशक्तहरुले अप्नाउनु पर्ने होसियारीका बारेमा जानकारी दिने ।

५) दुर्भाग्यवश संक्रमित भएका नेपालीहरुलाइ स्वअनुशासनमा बस्न, आइसोलेन र क्वारेन्टाइनको नियम पुर्णरूपमा पालना गर्न हस्पिटल बाहेक कुनैपनि हालतमा घर बाहिर ननिस्कन आग्रह र उत्प्रेरित गर्ने ।

उपसमितिको नियमित अनलाइन बैठक आयोजना गरि जानकारी र सूचना आदानप्रदान गरिने छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु