२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ सुखद : पोर्तुगलमा क्वारेन्टाइनमा रहेका १७ नेपाली घर फर्किए

सुखद : पोर्तुगलमा क्वारेन्टाइनमा रहेका १७ नेपाली घर फर्किए

राजकुमार थापा, लिस्बन, पोर्तुगल, ५ अप्रिल । झण्डै दुईसाता अगाडि पोर्तुगल Odimira, São Teotónio को एकै ठाउँ बस्ने एकजना इन्डियनलाई कोरना भाइरस पोजेटिभ देखिएपछि सोही ठाउँ बस्ने १७ जना नेपालीहरुलाई पनि स्वस्थ्य सुरक्षालाई ध्यानमा राखी Odimira, São Teotónio स्कुलमा क्वारेन्टाइनमा राखिएकाले थियो ।

स्वास्थकर्मी र स्थानीय प्रशासनको दस दिन भन्दा लामो स्वस्थ्य निगारानीमा क्वारेन्टाइनमा राखिएका १७ नेपालीमा कुनैपनि खालको स्वस्थ्य समस्या नदेखिए पछि आज साँझबाट स्थानीय प्रशासनले उनीहरु सबैलाई आआफ्नो निवासमा जान अनुमति दिएको छ जुन खबर पोर्तुगलको नेपाली समुदायका लागि सुखद भएको एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरले जानकारी दिए ।

अहिले सबैको स्वस्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु