Covid-19
City Express

पोर्तुगलमा जनयुद्ध दिवससहित जनप्रगतिशील मोर्चाको साधरण सभा प्रभावकारीरूपमा सम्पन्न

लिस्बन । नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले नेपालको राष्ट्रिय स्वाधीनता अत्यन्तै सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । भ्रष्ट्राचार देशको आम समस्या बनेको उल्लेख गर्दै भुजेलले नेपाली भूमिमा विदेशी सेना क्याम्प जमाएर बस्दासमेत सरकार निरीह बनेको आरोप लगाए ।

‘पैसा खर्च गर्नेले जित्ने तर इमान्दार राजनीतिज्ञले चुनाव जित्न नसक्ने व्यवस्थामा शोषितपीडित वर्गको मुक्ति हुनै सक्दैन । सबैको असन्तुष्टि छ सबैको आक्रोश बढेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन अमेरिकन स्वार्थमा भित्र्याइदै छ भन्ने कुरा हरेक राजनीतिक दलालाई थाहा छ तर तेरो यो प्रोजेक्ट चाहिदैन भन्ने आँट कसैमा छैन ।’ उनले अनुरोध गरे, ‘एकीकृत जनक्रान्तिको समर्थक भएपछि एकदम उत्तेजित होला भन्ने कुरा नसोच्नुहोला । शोषण, दमन र विकृतिविरुद्ध सबै लड्नुपर्दछ ।’

सँगसँगै जनयुद्ध लडेको शक्तिलाई सरकारले प्रतिवन्ध लगाएकोमा प्रवासी नेपाली एकता मञ्चका सचिव डोलराज भन्डारीले दु:ख प्रकट गरे । उनले तत्काल पार्टीमाथिको प्रतिवन्ध फुकुवा गर्न र वार्ताका लागि पहल गर्न सरकारलाई अनुरोध गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरे, नेपाली समाज पोर्तुगलका अध्यक्ष सोम शेर्पा, गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगल अध्यक्ष हेम गुरुङ, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, जर्मनी मोर्चाका अध्यक्ष शेरबहादुर तुम्बापो, स्पेन मोर्चाका अध्यक्ष गोपाल रेग्मी, जनजाति सरोकार मन्च बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ, एकता समाजका अध्यक्ष गोम सुवेदी, नेपाली महिला समाजकी अध्यक्ष निर्मला खराल ढकाल, तमु समाजका अध्यक्ष विकास गुरुङ, शेर्पा किदुकका प्रतिनिधि धन शेर्पा र मगर समाजका उपाध्यक्ष राम पूनलगायतले २५औं जनयुद्ध दिवस र पोर्तुगल मोर्चाको साधरण सभाको सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच कार्यक्रममा मोर्चाका नेताहरुले ‘मिलिनियम च्यालेन्ज’ अर्थात एमसीसीको विरोध गर्दै सरकारले राष्ट्रिय स्वाधीनतालाई कमजोर पारेको आरोप लगाएका छन् । उनिहरुले मुलुकमा वैज्ञानिक समाजवादको आवश्यकता रहे पनि सरकार त्यसप्रति सधैँ नकरात्मक भएको टिप्पणी गरे ।

पोर्तुगल मोर्चाका उपाध्यक्ष टङ्क खड्काको स्वागत मन्तव्यमा महासचिव प्रदीप अधिकारीको सन्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष पूर्ण विकले गरेका थिए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु