२०७७ फागुन १९ गते बुधवार | March 03, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोर्तुगलमा तत्काल दूतावास सम्भव छैन : परराष्ट्र मन्त्री ज्ञवाली

पोर्तुगलमा तत्काल दूतावास सम्भव छैन : परराष्ट्र मन्त्री ज्ञवाली

लिस्बन । स्पेनको बार्सिलोनामा प्रवासी नेपाली एकता मंच पोर्तुगलको प्रतिनिधि मण्डलसंगको भेटमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल पोर्तुगलमा नेपाली दूतावास स्थापना गर्न सम्भव नरहेको बताएका छन् । पोर्तुगलमा नेपाली राजदूतावास स्थापनाको माग राख्दै मन्त्रीसंग भेट गरेको प्रतिनिधि मण्डललाई उनले यस्तो बताएका हुन् । पोर्तुगलका नेपाली समुदाय र संघ-संस्थाहरुले लामो समयदेखि दूतावास स्थापनाको माग जोडदार रूपमा उठाउदै आएका छन् । विभिन्न माध्यमबाट दर्जनौं ज्ञापनपत्रसमेत बुझाएका छन् ।

पोर्तुगलमा अहिले तीस हजार हाराहारी नेपाली रहेको अनुमान छ ।

सो भेटमा मन्त्री ज्ञवालीले तत्काल दूतावास स्थापना गर्न नसकिए पनि नेपाल सरकारको कुनै न कुनै खालको बैधानिक प्रतिनिधिको ब्यवस्था भने गरिने आश्वासन दिएका थिए । यस बारेमा पोर्तुगल कार्यक्षेत्र रहेको पेरिसस्थित नेपाली दूतावाससग छलफल चलिरहेको र चाडै टुंगोमा पुग्ने बिश्वास दिलाएका थिए । हाललाई पेरिसबाट एक सरकारी अधिकारीलाई अधिकार प्रत्यायोजन गरी लिस्बनमा खटाइने सम्भावना रहेको छ ।

यसैबीच लिस्बन बाहिरका पोर्तुगलका विभिन्न महत्वपूर्ण शहरहरुमा अवैतनिक बाणिज्यदूत तोक्ने सम्बन्धमा पनि बिचार बिमर्श भइरहेको परराष्ट्र सम्बद्ध सुत्रले जनाएको छ।

प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताए ।

प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी एक आपसमा सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उनले अनुरोध गरे ।

कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु