गृहपृष्ठ पोर्तुगलमा फेब्रुअरी ९ मा राई कन्सर्ट हुने
पोर्तुगलमा फेब्रुअरी ९ मा राई कन्सर्ट हुने

पुनम गौतम , लिस्वन, २४ जनवरी । चर्चित गायक राजेश पायल राई पोर्तुगल आउने हुनुभएको छ । एक विशेष साँस्कृतिक प्रस्तुति दिनकालागि गायक राई यहाँ आउन लाग्नु भएको हो । किराँत राई समाज पोर्तुगलले फेब्रुअरी ९ तारिख आइतबारका दिन सो कार्यक्रमको आयोजना गर्न लागेको हो । राई लगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र सांस्कृतिक कार्यक्रम हुनेछ । विशेष गरी पोर्तुगलका नेपालीहरुलाई केन्द्रित गरी गर्न लागिएको कार्यक्रमले एकदिन भएता पनि कामको थकान भुलेर नेपालीहरु कार्यक्रममा झुम्ने र मनोरञ्जन लिने आयोजकको अपेक्षा रहेको छ ।
पोर्तुगलमा विभिन्न कार्यक्रमहरु हुने भएता पनि प्रेम दिवसको संघारमा हुने हुनाले यो कार्यक्रम केहि विशेष हुनेछ । कार्यक्रम लिस्वनको काइस दो सुद्रे नजिकै रहेको टाईमआउटको हलमा हुनेछ । दिउंसो २ः०० बजेबाट शुरु हुने कार्यक्रममा पोर्तुगलमा रहेका संघ संस्था लगायत सम्पूर्णमा उपस्थिती भई कार्यक्रम सफल बनाईदिन र सोहि दिन अन्य दिन कार्यक्रम नजुधाई दिन समाजका अध्यक्ष राज राईले अनुरोध गर्नुभएको छ । कार्यक्रममा सहयोग स्वरुप प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ ।
टिकट ल लागि लिस्वनमा राज राई (९२००२०१२०), श्रेया राई (९२००३८७९४), दीपक राई (९२००४९२२५), दीपेश राई (९२०२६३८१०), ज्याक्शन सेभेन (९२०४०१०७३) र भवीन राई (९२००४९२२५) संग सम्पर्क गर्न सकिने कुरा आयोजकहरुले जानकारी दिएका छन् ।
सयौं नेपाली चलचित्रका गीत गाइसकेका राईका दर्शन नमस्ते (भाग ४ सम्म) राई इज किङ, जदौं (भाग ३ सम्म), स्यामुना लगायतका गीति एल्बम रेकर्ड भएका छन् ।
उहाँले जापानिज र भोजपुरी गीत पनि गाउनु भएको छ । देशमा मात्र नभै उहां विश्वभर नेपाली समुदायबीच स्टेज प्रस्तुति तथा साँस्कृतिक कार्यक्रममा व्यस्त भइरहने कलाकारका रूपमा चिनिदै आउनु भएको छ । दुई दर्जन बढी राष्ट्रिय पुरष्कारहरुबाट सम्मानित गायक राई १९९२ देखि निरन्तर संगीत क्षेत्रमा लागि परिरहनु भएको छ ।