गृहपृष्ठ पोर्तुगलमा मार्च ८ मा होली खेल्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाइने, सहभागिताकोलागि आग्रह
पोर्तुगलमा मार्च ८ मा होली खेल्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाइने, सहभागिताकोलागि आग्रह
युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । यसबर्ष “समान संसार, सक्षम संसार” भन्ने मूल नाराकासाथ विश्वभरिका श्रमिक महिलाहरुको महान दिन ११० औं नारी दिवस मार्च ८ लाई पोर्तुगलमा भब्य रूपमा मनाउने तयारी भएको खबर प्राप्त भएको छ । पोर्तुगलका नेपाली महिलाहरुको साझा, अगुवा र प्रतिनिधिमुलक संस्था नेपाली महिला समाज पोर्तुगलले नेपालीपन र मौलिकता सहित नारी दिवस मनाउने तयारी गरेको समाजकी अध्यक्ष निर्मला ढकाल खरालले जानकारी दिइन ।
नेपालको एउटा साँस्कृतिक पर्व फागु पुर्णिामा अर्थात होली पनि सोहीदिन परेकोले होलीको रंगिन माहोलमा साँस्कृतिक कार्यक्रमकासाथ अन्तर्राष्ट्रिय नारी दिवस युरोपेली मुलुक पोर्तुगलमा विदेशी महिलाहरुको समेत सहभागितामा मनाउने तयारीले यो बर्षको कार्यक्रम विशेष हुने अध्यक्ष ढकालले विश्वास व्यक्त गरिन ।

संस्थाको प्रथम साधारणसभा पनि सोहीदिन गर्ने र कार्यक्रममा अतिथिहरुलाइ निम्ता दिने, प्रचारप्रसार गर्ने तयारी अन्तिम चरणमा पुगेको र सबै नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाइ सद्भाव पर्व होली खेल्दै नारी दिवस मनाउन सहभागिताकोलागि समाजकी महासचिव सरिता शर्माले आह्वान गरिन ।
मार्च ८ को उक्त विशेष कार्यक्रम लिस्बनको इन्तिदेन्तस्थित लिडिलको हलमा दिउँसो ३ बजेदेखि हुनेछ ।