Covid-19
City Express

पोर्तुगलमा राहतले गम्भीर समस्यामा परेकाहरु खुशी

लिस्बन, पोर्तुगल । कोरोना महामारीले संकट र समस्यामा परेकाहरुलाई राहत वितरण समितिले गत २४ तारिख शुक्रबार लिस्बनबाट बाढेको राहत पाउने व्यक्तिहरुले खुशी र आभार व्यक्त गरेका छन् । सो दिन समितिले ५८ जनालाई राहत स्वरुप एकजनालाई एक महिना बराबरको खाद्यान्न वितरण गरेको थियो ।

३ महिना अघि पोर्तुगल आइ पुगेका संजीव शर्मा (नाम परिवर्तन) प्राप्त राहतले संकट र महामारीमा आफुलाइ ठुलो टेवा पुगेको भन्दै खुशी व्यक्त गरे । यसैगरी श्रीमती सहित लिस्बनमा बसिरहेका अजय विक( नाम परिवर्तन) ले कुराकानीमा भने “मेरो काम छुटेको दुइ महिना भइ सकेको थियो, श्रीमती विरामी छन्, पैसा नभएर संकट परिसकेको बेला झण्डै एक महिना पुग्ने खाद्यान्न पाउँदा अत्यन्त खुशी लागेको छ, एनआरएनए पोर्तुगल र राहत वितरण समितिलाई धन्यवाद दिन चाहान्छु ।”

खाद्यान्न राहत पाएका १ महिनादेखि आफ्नो बस्ने कोठा समेत नभएर साथीकोमा अत्यन्त अनुरोध गर्दै सेरिङमा बसिरहेका जिग्मे शेर्पा (नाम परिवर्तन) ले आफुलाइ राहतले वास्तवमै ठूलो गुन पुगेको भन्दै आभार व्यक्त गरे ।

तपाईंहरुले पहिल्यै नै नाम नटिपाइ राहत लिनु भएको हो रे नि ? भनेर हामीले सोध्दा राहत प्राप्त गर्ने लिस्बन बस्ने कोरोनाका कारण रोजगारी गुमाएका केही युवाहरुले आक्रोशित हुँदै प्रतिप्रश्न गरे “के हामी नेपाली हैन, कि हामी इण्डियन, बङ्गाली, भुटानी हौं, राहत प्राप्त गर्न लोकसेवा भरे जस्तो तीन पुस्ते बुझाउनु पर्ने हो र ? कि सलोट ठोक्दै चाकडी बजाउनु पर्ने हो ? कि अन्तर्वार्ता पास गर्नु पर्ने हो ? नाम ठेगना र फोन नम्बर त राहत लिएको ठाउँमा हामीले बुझाइ सक्यौं, अब गर्नु पर्ने के हो ? राहत पायौं, दिनेहरुलाइ धन्यवाद छ, उनीहरूले भने ।

सो दिन राहत राहत प्राप्त गरेका अधिकांश व्यक्तिहरु कोरोना कहरले पोर्तुगलमा निक्कै समस्या भोगिरहेका व्यक्तिहरु रहेको हामीसंगको कुराकानीबाट प्रष्ट भएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु