Covid-19
City Express

पोर्तुगलमा राहत बाड्ने कार्य जारी, आज ३२ जनाले पाए, माक्स पनि बाडियो !

राजकुमार थापा, लिस्बन, पोर्तुगल, ३० अप्रिल । कोरोना भाइरसको प्रकोपबाट पोर्तुगलको नेपाली समुदायमा उत्पन्न समस्यालाई समाधान गर्ने हेतुले लिस्बनकालागि अवैतनिक नेपाली बाणिज्यदूत कार्यालयको संयोजकत्व र एनआरएए पोर्चुगलको सक्रियतामा बनेको राहत वितरण समितिले लिस्बनमा राहत वितरण कार्य जारी राखेको छ ।

आज दोश्रो चरणमा अत्यावश्यक भएका ४८ जनाको नाम राहत वितरणकालागि तय गरिएको ३२ जनाले राहत लिएका छन् । यस भन्दा अघि अप्रिल २४ तारिख शुक्रवार ५८ जनालाइ राहत बाडिसकिएको छ । भोलि पनि राहत बाडिनेछ । राहतकालागि १० हजार युरो भन्दा बढी रकम संकलन भएको छ । आर्थिक सहयोग मे १० तारिख सम्म उठाउने योजना रहेको बताइएको छ ।

एनआरएनएनए वरिष्ठ उपाध्यक्ष तथा सदस्य राहत वितरण उपसमितिका भिमसेन थापा, प्रवासी नेपाली एकता मंचका सचिव तथा उपसमिति सदस्य डोलराज भण्डारी, उपसमितिका विक्रमजंग कुँवर, भगवान गिरी, दिनेश भण्डारी, राजेन्द्र शेर्पा, शम्भु सिल्वाल, सीता श्रेष्ठ, अमृत रिजाल, राम पुन लगायतको व्यबस्थापनमा लिस्बनको आन्जुसबाट राहत बाडिएको हो ।

फोटो: २४ तारिख राहत बाड्दै

राहत प्राप्त गर्न चाहने महानुभावहरुलाइ लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने कुरालाई समेत मध्यनजर गर्दै भिडभाड नहोस भन्ने हेतुले कुपन सिस्टम गरि एनआरएनएका पदाधिकारी र राहत वितरण समितिका साथीहरूले फोन गरि राहत लिन बोलाइ वितरण गरिएको र भोलि पनि वितरण कार्य जारी राखिने एनआरएनए पोर्तुगल अध्यक्ष तथा राहत वितरण उपसमितिका संयोजक तिलक गैरेले बताए ।

राहतमा एकजनालाई अन्दाजी एक महिनालाई पुग्ने गरि १५ केजी चामल, २ केजी दाल, ३ लिटर खाने तेल, १ केजी नुन र एक थान साबुन रहेको छ ।

माक्स पनि बाडियो !

एनआरएनए केन्द्रीय सह कोषाध्यक्ष लोकप्रसाद दाहालले पोर्तुगलकालागि पठाएको १ हजार थान माक्सबाट राहतका साथ एक एक थान बाडिएको वरिष्ठ उपाध्यक्ष थापाले बताए । उनका अनुसार १ हजारमा १६० थान अल्गार्भ र १६० थान अलेन्तेजु क्षेत्रीय समितिहरुलाइ पठाइएको र बाँकी लिस्बनबाट बाडिने छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु