गृहपृष्ठ पोर्तुगलमा २ सय ४० लाई राहत बाडियो, एनआरएनएले अब माक्स वितरण गर्ने
पोर्तुगलमा २ सय ४० लाई राहत बाडियो, एनआरएनएले अब माक्स वितरण गर्ने

कोरोना भाइरसको प्रकोपबाट पोर्तुगलको नेपाली समुदायमा उत्पन्न समस्यालाई न्यूनीकरण गर्ने हेतुले लिस्बनकालागि अवैतनिक नेपाली बाणिज्यदूत कार्यालयको संयोजकत्व र एनआरएए पोर्चुगलको सक्रियतामा अप्रिलको दोश्रो साता गठन भएको सर्वपक्षीय “कोरोना जनचेतना तथा राहत वितरण समिति”ले लिस्बनमा पत्रकार सम्मेलन गरि आफ्नो एक महिनाभरिको कामकामकारबाही र गतिविधिहरु सार्वजनिक गरेको छ ।
पत्रकार भेटघाटमा विभिन्न ७ वटा उपसमितिले आआफ्नो प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनहरु अनुसार हालसम्म ६३५ जनाले राहत आवश्यक भएको भनेर माग गरेको र अहिलेसम्म पोर्तुगलमा २३७ जनालाई खाद्यान्न राहत वितरण गरिएको छ भने ३ जनालाई नगद सहयोग गरिएको जानकारी दिइयो । यसैगरी राहतका लागि ११७०५.१५ युरो आर्थिक सहयोग संकलन भएको र लगभग ७ हजार ५ सय युरो खर्च भएको तर अझै खर्चको विवरण यकिन भइ नसकेको बताइयो । कोरोना भाइरसले ४२ जना नेपाली संक्रमित भएकोमा केहीले स्वास्थलाभ गरिसकेको ८ जना हस्पिटलमा उपचारार्थ रहेको र केही घरमै आइसोलेसनमा रहेको जानकारी दिइयो।
पत्रकारहरुको जिज्ञासामा कोरोना जनचेतना तथा राहत वितरण समितिले अझै केही समय काम गर्ने र यस सन्दर्भमा उठेको रकम यसै विषयमा बाहेक अन्यत्र खर्च नगरिने समितिका संयोजक लिस्बनस्थित अवैतनिक नेपाली बाणिज्यदूत मकर हमाल स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले पोर्तुगलको नेपाली समुदायले कोरोना महामारीमा अप्नाएको सचेतनता र खेलेको भुमिकाको प्रशंसा गर्दै देश विदेशमा रहेका नेपालीले नेपालको सीमा रक्षा खातिर ससक्त आवाज उठाउनु पर्ने कुरामा जोड दिए ।
पत्रकार सम्मेलनको अध्यक्षता समितिका संयोजक लिस्बनस्थित अवैतनिक नेपाली बाणिज्यदूत मकर हमालले गरेका थिए भने संचालन एनआरएनए पोर्तुगल अध्यक्ष तथा समितिका सदस्य सचिव तिलक गैरेले गरेका थिए ।
एनआरएनएले माक्स बाड्ने
एनआरएनए पोर्तुगलले पोर्तुगलस्थित विभिन्न सघ सस्थाहरु मार्फत १ हजार थान माक्स बाड्ने तयारी गरेको अध्यक्ष तिलक गैरेले जानकारी दिए । पोर्तुगल सरकारले घर बाहिर निस्कदा अनिवार्य रूपमा माक्स लगाउनु पर्ने नियम बनाएको छ ।