२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पोर्तुगलमा ३० अप्रिलबाट समस्यामा परेका सबैलाई फेरि राहत बाडिने

पोर्तुगलमा ३० अप्रिलबाट समस्यामा परेका सबैलाई फेरि राहत बाडिने

लिस्बन, पोर्तुगल । पोर्तुगलमा ३० अप्रिलबाट फेरि राहत बाड्न थालिने भएको छ । आज बसेको समितिको बैठकले २४ तारिख ५८ जनालाई बाडिएको राहतको समिक्षा गर्दै आगामी बिहीबारबाट कोरोना महामारीको संकटबाट समस्यामा परेका नेपालीहरुलाइ राहत बाड्ने तयारी भएको हो ।

राहतकालागि गठित पोर्तुगलको कोरोना आर्थिक कोषमा १० हजार युरो बराबर रकम संकलन भइ सकेको छ । आर्थिक संकलन मे १० सम्म जारी रहने आर्थिक समितिका एक सदस्यले बताए ।

अघिल्लो पटक राहतमा एकजनालाई झण्डै एक महिना पुग्ने खाद्यान्न वितरण गरिएको र यस पटक पनि सोही अनुसार हुने बताइएको छ ।

कसैलाई काखा पाखा नगरी सामान्य विवरण लिएर समस्या परेका सबैलाई ८-१० टोली बनाएर पोर्तुगलको ठाउँ ठाउँबाट राहत वितरण गरिने वितरण समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु