२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पोर्तुगलले कोरोना विरुद्ध कठोर कदम चाल्ने

पोर्तुगलले कोरोना विरुद्ध कठोर कदम चाल्ने

युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । एन्तानियो कोस्ता पोर्तुगिस सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरना भाइरसको विरुद्ध कठोर कदम चाल्ने भएको छ ।

सामान्य देखिने तर अति छिटो फैलने र मानिसको ज्यानै लिने यो सक्रमणकोको नियन्त्रण गर्न आप्रवासीहरु आवत जावत गर्ने र बसोबास गर्ने क्षेत्रलाई विशेष निगारानी राखेको जनाइएको छ ।

मुलतः देशको उत्तरी क्षेत्र पोर्तो, लिस्बनको मुख्य पर्यटकीय केन्द्रहरुलाई उच्च जोखिको ठहर गरि सो एरियाहरुमा कुनै भिडभाड नगर्न, कुनै खालका सार्वजनिक कार्यक्रम वा प्रदर्सन नगर्न स्थानीय निकायहरुलाई निर्देशन जारी गरिएको पोर्तुगिस समाचारहरुमा उल्लेख छ ।

प्रवासी नेपालीहरुको पनि बाक्लो उपस्थिति रहेको पोर्तुगलमा यो भाइरसको महामारीबाट सचेत रहन र सचेतनता फैलाउन आग्रह र आह्वानहरु गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु