२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पोर्तुगल र बेल्जियम शाखाको अगुवाईमा पत्रकारीता तालिम हुने, पत्रकारहरुलाई सहभागी हुन आग्रह

पोर्तुगल र बेल्जियम शाखाको अगुवाईमा पत्रकारीता तालिम हुने, पत्रकारहरुलाई सहभागी हुन आग्रह

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पोर्तुगल र बेल्जियम शाखाले संयुक्त रुपमा एक दिने पत्रकारीता तालिमको आयोजना गर्ने भएका छन्।

प्रवासमा नेपाली पत्रकारीता, पत्रकारहरुको समस्या,जटिलता ,क्षमता अभिबृद्धी एवम् सीप बिकासका सम्बन्धमा प्रक्षिण दिइने दुबै शाखाले जनाएका छन्।तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका उप प्राध्यापकद्वय जगत नेपाल र प्रकाश आचार्यले सहजीकरण गर्नेछन् ।

भोलि अप्रिल २७ तारिख सोमबारका दिन बिहान १०:०० बजेदेखि तालिम शुरु हुने पोर्तुगल शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले जानकारी गराएका छन्।प्रवक्ता शेर्पाले पोर्चुगलमा रहेका सम्पूर्ण सक्रिय पत्रकारहरुलाई तालिममा सहभागी भैइ अनुभव लिन आग्रह गरेका छन्।पछिल्लो समय सर्बाधिक चर्चामा रहेको जुम एपको प्रयोग गरेर तालिम दिइने शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु