पोर्तुगल हिडेका ८ नेपाली रोमानियामा पक्राउ

Nepali_NewsKarobar

रोमानियाको सीमा प्रहरीले आठ जना नेपालीहरू अवैध रूपमा साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा पक्राउ गरेको छ । ती नेपालीहरू पोर्चुगल जान लागेका रोमानियन प्रहरीले जनाएको छ ।

रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । उनीहरू रोमानियाको टिमिसोरादेखि जिम्बोलियासम्म रेलयात्राबाट पुगेका थिए भने त्यहाँबाट अवैध रूपमा सीमा पार गरी पोर्चुगल जान लागेको प्रहरीलाई बयान दिएका छन् ।

रोमानियन सीमा प्रहरीले उनीहरूलाई संग्दिग्ध अवस्थामा जिम्बोलिया सीमा क्षेत्रमा फेला पारेर पक्राउ गरेको हो । उनीहरूलाई त्यहाँको शरणार्थी केन्द्रमा राखिएको रोमानियन बोर्डर पुलिसले जनाएको छ ।

पक्राउ परेका नेपाली युवाहरूको परिचय भने खुलाइएको छैन ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु