२०७७ पुस २८ गते मंगलवार | January 12, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोल्याण्डमा एक नेपालीको असामयिक निधन

पोल्याण्डमा एक नेपालीको असामयिक निधन

पोल्याण्ड- पोल्याण्डमा एक नेपालीको दुखद निधन भएको छ।पोल्याण्डको राजधानी वार्सा बाट २२०किलोमिटर दूरीमा रहेको ओस्टिन क्षेत्रमा बस्दै आएका ३२ बर्षिय डिल्लीबिक्रम योङहाङको हिजो निधन भएको हो ।

पाचथर याङ्बरक गाउँपालिका ५ साविकको नागी गाविस १ सिम्ले जन्म स्थायी घर भई हाल इटहरी १ पुरान चौक बसोबास गर्दै आएका योङहाङ पाँचथर जिल्लाको पूर्व जिल्ला स्तरीय भलिबल खेलाडी समेत रहेका थिए । १ बर्ष अगाडी मात्र कामदार भिषामा पोल्याण्ड आएर ओस्टिन स्थित टर्की कुखुराको मासु प्रशोधन गर्ने ओस्ट्रोडा इन्डिक कम्पनीमा कार्यरत थिए ।

टेलिफोनमा कुरा गर्दै मृतक योङहाङकी साली सुमिना कुरुङवाले भनिन्”भिनाजुको मृत्युको खबर प्राप्त भए पछि यता दिदीको अबस्था नाजुक भएको छ ।उहाँको २ जना साना छोराहरु छन् ।पोल्याण्ड जानुभन्दा अगाडि भिनाजुको मोटरसाइकल दुर्घटना भएको थियो तर सामन्य हात र खुट्टामा मात्र चोट लागेको थियो केहि दिनको अस्पताल सामन्य उपचार पछि ठिक भयो तर पोल्याण्ड गए पछि टाउको मात्र दुख्छ भन्नु हुन्थ्यो।घर आउने कुरा थियो कम्पनीले पनि विदा दिएकोछ, लकडाउन खुल्ने बित्तिकै आउँछु भन्नुहुन्थ्यो भन्दै उनि भक्कानिइन्।सम्हालिँदै सुमिना परिवारको चाहना शव नेपाल ल्याउने भन्ने छ तसर्थ त्यसको लागि पोल्याण्डमा रहेका सम्पूर्ण संघसंस्था तथा नेपाली समुदायलाई सहयोगको लागी परीवारको तर्फबाट अपिल गर्दछु भन्छिन् ।

मृतक योङहाङकसंगै एउटै कम्पनीमा काम गर्ने तनहुका भक्त श्रेष्ठले भने,म धेरै पटक डिल्लीसंगै उनको उपचारको शिलशिलामा अस्पताल गएकोछु ,उनको ब्रेन ट्युमरको कारणले नै निधन भएको हो र हाल उनको शवओस्ट्रोडा अस्पतालमा रहेको छ । एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटा ले पनि योङहाङको मृत्युको पुष्टि गर्दै भने” मैले ओस्टिनबाटडिल्ली बिक्रम योङहाङको मृत्यु भएको खबर मृतकका साथि भक्त श्रेष्ठ मार्फत पाएका हो ।नेपालमा आज मृतक योङहाङकी दिदी सुस्मिता लिम्बुसंग सम्पर्क भएको छ उहाँले सम्भव भएसम्म भाइको शव नेपाल पठाइदिन पहल गरिदिनका लागि अनुरोध गर्नुभएकोछ,म लगायत एनआरएनए पोल्याण्डका केही पदाधिकारीहरु ओस्टिन जाँदैछौ। उहाँ काम गर्ने कम्पनीसंगको छलफल पछि मृतकको परिवारको सहमतिमा एउटा निर्णय गरिनेछ ।अहिलेको अबस्था कोभिड १९ को असामान्य अबस्था छ त्यसमा पनि हामी नेपाली समुदायमा यस्तो दुःखद अबस्था आएको छ तसर्थ पोल्याण्डमा रहेका नेपालीहरु आफू सुरक्षित रहन अनुरोध गर्दै एनआरएनए पोल्याण्डले आफ्नो क्षमताले भ्याएसम्म यस्तो दुःखद अबस्थामा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु