२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ पोल्यान्डमा अन्तर्राष्ट्रिय पानी अभियान सम्मेलन हुने

पोल्यान्डमा अन्तर्राष्ट्रिय पानी अभियान सम्मेलन हुने

पानी अभियान बिश्वब्यापी हुदै

२०१६ फेब्रुअरी २९ तारिक देखि हरेक चार वर्षमा पानी अभियानकर्ता मित्रलाल पार्देले आफ्नो जन्मोत्सव मनाउदै आएका छन्। पानीको अभावमा तड्पिएको गाउँलाई पानी पिलाउने भिष्म अठोट बोकेर सामाजिक संजालबाट पृथक अभियान सुरु गरेका पार्देले यस बर्ष पनि आफ्नो जन्मोत्सवको अवसर पारेर थप जागरण सहित अर्को पानी अभियान घोषणा गर्ने भएका छन्। उक्त घोषणा अन्तर्राष्ट्रिय पानी सम्मेलनमा गर्ने पार्देले जानकारी दिएका छन्।पानी सम्मेलन पोल्यान्डको वार्सवामा फेब्रुअरी २९ तारिखमा हुने भएको छ। उक्त दिन पानी अभियानमा लगाव राख्ने तथा सामाजिक बिकासका अगुवाहरुलाई उपस्थितिका लागि पत्राचार भैसकेको आयोजकले एक सूचनामार्फत जानकारी गराएको छ।


पानी अभियान कर्ता पार्देले सुरुवातमा सामाजिक संजालबाट पानी अभियानको सुरुवात गरेका थिए भने अहिले उक्त अभियान बिश्वब्यापीकरण भैसकेको छ।पार्दे बिगत सम्झदै अगाडि भन्छन् :सुरुवातीचरणमा यसले के भन्यो भन्ने खालको भाब पनि नउब्जेको होइन तर मैले समाज परिबर्तन बन्दुकको नालबाट होइन पानीको थोपाबाट परिबर्तन सम्भव छ भन्ने नारा लिएर आमजनतामाझ सन्देश प्रबाह गरे।त्यो सन्देशनै एउटा गाउँको लागी पानीको मुल बनेर आयो।सामाजिक संजालबाट दाङको सुनपुर गाउँको लागी करोड पानी अभियान सुरु गरेको थिए जुन आज सबैको साथले सफल पनि भएको छ।अब उपरान्त केवल एउटा गाउ मात्रै हैन पानीबाट आहात हरेक ठाउँलाई यो अभियानको जरुरी छ।तसर्थ पानी अभियानलाई सबैको अभियान बनाउन पोल्यान्डमा पानी अभियान अन्तर्राष्ट्रिय भेला हुन लागेको हो”। सम्मेलनबाट शसक्त टिम निर्माण हुने अपेक्षा गरिएको छ।सम्मेलनमा सहभाागी हुन विभिन्न सघं-सस्थाका प्रमुख,प्रतिनिधि,पत्रकार एवम् सम्पूर्ण नेपालीहरुलाई विशेष आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु