२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पोल्यान्डमा एक नेपालीको असामयिक निधन

पोल्यान्डमा एक नेपालीको असामयिक निधन

प्रबासमा नेपालीहरुको मृत्यु हुने संख्या बढ्दो

बिदेश लागेका सबै युबायुबतिको एउटै चाहना हुन्छ मनग्य पैसा कमाउने र घरसम्पती जोड्ने। अपसोच कहिलेकाही ती योजनाहरु केवल सपनामा मात्र सिमित हुन्छन्।त्यसमा पनि भर्खरै कलकलाउदो जवानिमा प्रबेश गरेको एउटा जवानको इच्छा अनगिन्ती हुन्छ। २१ बर्षको जवान ठिटो ,रंगमन्चमा डुब्ने समय ,जिवनका आनन्दहरु अनुभुती गर्ने चरण तर बिडम्बना दैबले हरेर लग्यो उनको जीवन।उनी हुन् नेपालको चितवन स्थायी घर भएका २१ बर्षिय विशाल सापकोटा।सापकोटाको अल्पायुमै पोल्यान्डको Mazowieckie Centrum laczenia Chorob pluc i Gruzlicy (Mazovia Centre Of Treatment of Lung Diseases And T.B) अस्पतालमा निधन भएको छ।

बिगत केही दिनदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा फेब्रुअरी ६ तारीख राति २ बजे उनको मृत्यु भएको थियो।लामो समयदेखि पोल्यान्डमा बस्दै आएका चर्चित पानीअभियानकर्ता मित्रलाल पार्देका अनुसार सापकोटा टि.भि ,नसारोग लगायतका रोगबाट ग्रसित थिए।मृतक सापकोटा २०१७ सालदेखि पोल्यान्डमा बस्दै आएको बुझीएको छ।उनको अन्तिम दाहसंस्कारको लागि आबश्यक आर्थिक सहयोग जुटाउने कार्यमा सहयोग गर्न सम्पूर्ण नेपालीहरुलाई एनआरएनए पोल्यान्डले अपिल गरेको छ।यस घटनाबाट पोल्यान्डका नेपाली समुदायहरु थप चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु