२०७७ माघ ५ गते सोमवार | January 18, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ पोल्यान्डमा २ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

पोल्यान्डमा २ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि

पहिलोपटक पोल्यान्डमा २ नेपाली कोरोना भाइरसबाट संक्रमित

युरोपका अन्य देशमा नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएको समाचार श्राबजनिक भएपनि पोल्यान्डमा भने नेपाली समुदाय सुरक्षित रहेको त्यहाँका अगुवाहरुले बताउदै आइरहेका थिए।

यो पछिल्लो समाचार बाहिरिसकेपछि त्यहाँ पनि नेपालीहरु पूर्णरुपमा सुरक्षित छैनन् भन्ने सहजै आँकलन गर्न सकिन्छ।पछिल्लो जानकारी अनुसार पोल्यान्डको एक कम्पनीमा कार्यरत २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।

दुई नेपाली सँगै एक अफ्रिकी र ३ भारतिय कामदारलाई पनि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ।अहिले संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ भने अवस्था सामान्य रहेकोे जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु