गृहपृष्ठ पोल्यान्ड एनआरएनए निर्वाचन,अध्यक्षमा पार्देको उम्मेदवारी,नमूना योजना सार्वजनिक
पोल्यान्ड एनआरएनए निर्वाचन,अध्यक्षमा पार्देको उम्मेदवारी,नमूना योजना सार्वजनिक

आवासीय नेपाली संघ पोल्याण्डको आगमी २०२१-२०२३ कार्यकालका लागि पानी अभियन्ता मित्रलाल पार्देले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
डा• उदयदेव आचार्य संयोजक,आनन्द घिमीरे सदस्य सचिव र अनिल पौडेल सदस्य रहेको एनआरएनए पोल्याण्डको निर्वाचन समितिले उम्मेद्वारी दर्ता तथा मनोनयनका लागि आज जुलाई १२ तारिख साँझ ५ बजे सम्मका लागि समय तोकेको थियो। त्यही अनुसार उम्मेदवार मनोनयनको अन्तिम दिन पार्देले आज ११ बजे आफूलाई अध्यक्षको प्रत्यासीका रुपमा अगाड़ि सारेको सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन्।
पार्देको विज्ञप्ति
अभियन्ता समेत रहेका एनआरएनए पोल्याण्डको संस्थापक महासचिव र वरिष्ठ उपाध्यक्ष रहिसकेका पार्देको प्रतिबद्धता जस्ताको त्यस्तै।
आदरणीय पोल्यान्डबासी आमा वुवा , दाजु भाई , दिदी बहिनीहरूमा नमस्कार,
यहाँहरु समक्ष NRNA-पोल्यान्ड को २०२१-२०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी गराउँन चाहन्छु।
विश्वभरका अधिकांश गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरु अधिवेशनको तयारीमा जुटेका छन् बिश्वभरका गैर आवासीय नेपालीहरु यो अभियानमा सहभागी हुने क्रम दिन प्रतिदिन बढेको छ र खुशिको कुरो पनि हो । सोहि सवालमा शुभ चिन्तकहरुले मेरो उम्मेदवारी परेको नपरेको जानकारी सार्वजनिक नभएकोमा दु:खेसो पोख्नु स्वभावै हो। त्यो दुखेसोलाई सम्बोधन गर्दै आज साढे ११ बजे आधिकारिक रुपमा अध्यक्ष पदको उम्मेदवारी दिएको छु ।
हाम्रा प्रतिबद्धता हरु
घोसणा पत्र
?️सस्थाको वेबसाइट संचालन:-
- स्थापना काल देखि हाल सम्म का पदाधिकारी को फोटो सहित
नामावली र योगदान राखिने।
-गैर आवाशिय नेपाली संघ पोल्यान्डका पन्जिकृत सदस्यको
नामावली प्रकाशन गरिने। - NRNA पोल्यान्डले गरेका कार्यसम्पादन र सो निर्णय हरु वेबसाइट मा सुसूचित गर्ने अभियान सुरु गर्ने,
– नेपाली हरुलाई पोल्यान्ड को आवश्यक श्रम संबन्धी कानुनी परामर्श का बिसयबस्तु लाई नेपाली भाषामा राखिने।
?️NRNA बिधान संशोधन समिती निर्माण गरिने:-
- हाल को बिधान ले महिला हरुको उपस्थित लाई बन्चित गरेको हुदा महिला उपाध्यक्ष १ र महिला सदस्य 2 जना अनिबार्य राखिने प्राबधान अघि सार्ने
-पोल्यान्ड का विभिन्न सहर जहाँ नेपालिको बाहुल्यता वढी छ त्यहा क्षेत्रीय समिती निर्माण गरिने।
-आजको बर्तमान अवस्थामा देखिएको अधिबेशन मिति बिधानत: प्रत्येक सार्बजनिक बिदा वा छुट्टि को समयमा राख्ने ठोस एजेन्डा अघि सार्ने।
-हाल पोलिस भाषामा रहेको बिधान लाई नेपाली र अङ्ग्रेजी भाषामा उल्था गरि सस्थाको आधिकारिक वेबसाइट र आधिकारिक फेसबुक पेज मार्फत सार्बजनिक गरिने।
?️पोल्यान्ड मा रहेका नेपालीको तथ्याङ्क संकलन गरिने।
- पोल्यान्ड मा हाल सम्म कुनै राजदुतावास छैन र पोल्यान्ड मा आजको समयमा कति नेपाली ले काम गर्छ्न भन्ने एकिन तथ्यांक नभएको हुदा नेपालीको तथ्यांक संकलन अबिलम्ब सुरु गर्ने।
?️स्वास्थ्य परामर्श कार्यक्रम :
-हामिसङ्ग पोल्यान्डमै कार्यरत नेपाली डाक्टरहरु हरु हुनुहुन्छ उहाहरुको विशेष उपस्थिति मा पोल्यान्ड का विभिन्न सहरहरूमा स्वास्थ्य जाझ, स्वास्थ्य शिवीर र नेपालीलाई परेको स्वास्थ्य संबन्धी समस्या बारे छलफल , परामर्ध र अन्तरक्रिया गरिने।
?️बालबालिका ,युवा र महिला ससक्तिकरण अभियान सुरु गर्ने:
-पोल्यान्ड मा जन्मिएका र यहाँ आएका नेपाली बालबालिका लाई नेपाली भासा, साहित्य र नेपाल बारे जानकारी मुलक शिक्षा सुचारु गर्ने, महिला दिदी बहिनी लाई ससक्तिकरण का लागि प्रशिक्षण सुचारु गर्ने, महिला सेवा र सुरक्षा का बिसयमा पोल्यान्ड सरकारले अघि सारेका नीति नियम बारे जानकारी दिने र आवाश्यकिए सुचना प्रदान गरिने।
?️सकारात्मक सोच समूह को बिज्ञ समूह गठन गरिने:
- पोल्यान्ड मा भएका नेपालिहरुको समस्या समाधान गर्न, पोल्यान्ड मा विभिन्न क्षेत्र, पेशा र बिध्यार्थी हरुको बौद्धिक समूह निर्माण गरिने जस्ले पोल्यान्ड र नेपाल्मा भैपरी आउने बिपद ब्यबस्थापन को बिसयमा उच्छ स्तरिय समूह निर्माण गर्ने साथै समयानुकूल विभिन्न पेसा, कानुन महिला र अधिकार का लागि सम्मेलन सेमिनार र गोस्ठी निर्माण गरिने।