गृहपृष्ठ प्रखर युवा सुमन शर्मा चौलागाईंले दिए एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी
प्रखर युवा सुमन शर्मा चौलागाईंले दिए एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको आगामी कार्यकाल २०२३-२५ का लागि चुनावी माहोल तातिएको छ।
यसै क्रममा संघको वरिष्ठ उपाध्यक्षमा प्रखर वक्ता सुमन शर्मा चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन्।
वर्तमान महासचिव रहेका चौलागाईंले सम्पूर्ण नेपाली समुदायलाई एकतामा बाध्ने उद्देश्य सहित उम्मेदवारी दिएको बताएका छन्।
सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै सो घोषणा गरेका हुन्।संघको निर्वाचन यहि जुलाई ३० मा गर्ने कार्यतालिका रहेको छ।