२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारको वार्ता सफल,३ बुदे सहमतिमा हस्ताक्षर

प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारको वार्ता सफल,३ बुदे सहमतिमा हस्ताक्षर

प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीचको वार्ता सफल भएको छ। बिहीबार सरकार र यो समूहबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए।

अब सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ भने विप्लव समूह पनि मूलधारमा आउने भएको छ।वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो।

सहमतिको विस्तृत विवरण फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु