२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ प्रदूषित वायुका कारण आँखाका बिरामी बढे

प्रदूषित वायुका कारण आँखाका बिरामी बढे

दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

वायु प्रदूषणको जोखिम बढेपछि हेटाैँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको संख्या व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ।

विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताए।अहिले वायु प्रदूषण लगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु