२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्री राई राजिनामा दिने तयारीमा,भिम आचार्य मुख्य मन्त्री बन्ने

प्रदेश १ का मुख्यमन्त्री राई राजिनामा दिने तयारीमा,भिम आचार्य मुख्य मन्त्री बन्ने

प्रदेश १ मा नेकपा एमाले विभाजनको असर सरकारमा पनि परेको छ। प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ।

बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ।

वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए।

एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ। मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन।

माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु