गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्री राईले गरे विवाह ,मोडल जाङ्मु शेर्पा बनिन् बेहुली
प्रदेश १ का मुख्यमन्त्री राईले गरे विवाह ,मोडल जाङ्मु शेर्पा बनिन् बेहुली

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आज बेहुला बनेका छन्। राई ४९ वर्षको उमेरमा बेहुला बनेका हुन्।
उनको वैवाहिक समारोह आज राजधानीको एक पार्टी प्यालेसमा जारी छ। मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन्। उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए। कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ।
दुई पक्षका गरी करिब ३५–४० जना मात्रै विवाहमा सहभागी छन्। मिडियालाई प्रवेश दिइएको छैन।आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए।
पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए। विवाहपछि बेलुकी रिसेप्सन आयोजनामा भने राष्ट्रपति,प्रधानमन्त्रीलगायत भीआइपीहरु पनि उपस्थित भएका छन्।