२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ प्रदेश १ मा मन्त्रीपरिषद् बिस्तार हुँदै,आजनै नयाँ मन्त्रीहरूले सपथ लिने

प्रदेश १ मा मन्त्रीपरिषद् बिस्तार हुँदै,आजनै नयाँ मन्त्रीहरूले सपथ लिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्ने भएका छन्। पुनर्गठित मन्त्रीपरिषदका सदस्यहरुलाई शुक्रबार अपरान्ह १ बजे सपथग्रहण राखिएको छ।

पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ। माधव नेपाल समूहबाट ओली समूह छिरेकी उषाकला राईले भने सामाजिक विकास मन्त्रालय पाउने भएकी छिन्।

हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु