गृहपृष्ठ प्रदेश २ नम्बरमा सत्ता साझेदारीका बिषयमा ३ दलबीच सहमति
प्रदेश २ नम्बरमा सत्ता साझेदारीका बिषयमा ३ दलबीच सहमति

प्रदेश २ मा सरकार गठन सन्दर्भमा ३ दलबीच सहमति जुटेको छ।रास्ट्रिय जनता पार्टीका उपेन्द्र यादव पक्ष,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारीमा सहमति जुटेको हो।
सत्ता सहकार्यका तीन दल सहमत भएपछि प्रदेश २ मा १० मन्त्रालय हुने भएका छन्। ५० प्रतिशत अर्थात् ५ वटा मन्त्रालयले आफूसँग राखेर मुख्यमन्त्री लालबाबु राउतले तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिन लागेका हुन्।
मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिए। ‘दिउँसो तीन दलको बैठक छ। कुन दलले कुन मन्त्रालय लिने निश्चित हुन्छ, ‘उनले भने, ’आज नै शपथ हुनसक्छ।’ साहको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने बताइएको छ।
कांग्रेस सांसद शंकरप्रसाद चौधरीले सबै जिम्मेवारी संसदीय दलका नेता रामसरोज यादवलाई दिएको बताए।कांग्रेसको संसदीय दलको बैठकले सबै निर्णयको सर्वाधिकार यादवलाई दिएको थियो। कांग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।