२०७८ वैशाख २० गते सोमवार | May 03, 2021

Bharat Poudel

गृहपृष्ठ प्रधानमन्त्रीको रास्ट्रका नाममा सम्बोधन,अक्सिजन आपूर्तिमा कालोबजारी गर्नेलाई कडा कार्वाही हुने

प्रधानमन्त्रीको रास्ट्रका नाममा सम्बोधन,अक्सिजन आपूर्तिमा कालोबजारी गर्नेलाई कडा कार्वाही हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज रास्ट्रका नाममा सम्बोधन गरेका छन्।सम्बोधन क्रममा उनले अक्सिजन आपूर्तिमा कालोबजारी गर्नेलाई कडा कार्वाही गर्ने बताए। सरकारले उद्योगहरुमा अक्सिजन आपूर्तिमा रोक लगाएको छ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने बताए।

उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको जानकारी दिए।

ओलीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने बताउँदै यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारवाही गर्ने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु