गृहपृष्ठ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद बिस्तार,को-को थपिए नयाँ अनुहार हेर्नुहोस्
प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद बिस्तार,को-को थपिए नयाँ अनुहार हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमन्डल बिस्तार गरेका छन्।नवनियुक्त मन्त्रीहरुलाई आजै साझ रास्ट्रपति कार्यालयमा एक समारोह बीच सपथ खुवाइएको थियो।
यस अघि प्रतिनिधिसभा विघटनको विरोध गर्दै ७ मन्त्रीले एकैपटक राजिनामा दिएका थिए भने मन्त्रालय मन्त्रीबिहिन अवस्थामा थिए।केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ भने २ मन्त्री मौजुदा मन्त्रीपरिषदबाट बिदाइ भएका छन्।
बिदाइ हुनेमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उधोगराज्यमन्त्री मोतिलाल दुगड रहेका छन्।थपिएका मन्त्रीहरुको जिम्मेवारी र मौजुदा मन्त्रीहरुको जिम्मेवारी हेरफेर निम्नानुसार उल्लेख गरिएको छ।
१. टोपबहादुर रायमाझी (ऊर्जा)
२. प्रभु साह (शहरी विकास)
३. मणि थापा (खानेपानी तथा सरसफाई)
४. प्रेम आले (वन तथा वातावरण)
५. गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)
६. जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)
७. गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
८. दावा लामा (युवा तथा खेलकूद),
९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)
जिम्मेवारी हेरफेर-
१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)
२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)
३. भानुभक्त ढकाल (संस्कृति,पर्यटन तथा नागरिक उड्ययन)
४. पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)
५. शिवमाया तुम्बाहाङफे (भूमि सुधार)
६. लीलानाथ श्रेष्ठ (न्याय, कानुन तथा संसदीय मामिला)